अर्थमन्त्री पुनद्वारा बाफियाको पहिलो संशोधन प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक ल्याइएको उनले बताए ।

मन्त्री पुनले नेपालको संविधान र प्रचलिक कानूनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित रुपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन विधेयक ल्याइएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *