सेयर बजारमा दोहोरो अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा झरेको हो।

आज ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । लगातार सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।

सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्स १२ करोड ५६ लाख रुपैयाँ,शिवम सिमेन्ट ११ करोड ५५ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्ट ९ करोड ५८ लाख रुपैयाँ,रिभर फल्स पावर ९ करोड रुपैयाँ,सोनापुर मिनरल्स ८ करोड ९९ लाख रुपैयाँ,हिमालयन ऊर्जा ७ करोड ५५ लाख रुपैयाँ,पिपुल्स पावर ७ करोड २२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ६ करोड २४ लाख रुपैयाँ,अप्पर लोहोरे खोला हाइड्रोपावर ५ करोड १६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *