ढोलाहिटी होली घटना : पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजा घरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कुहानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न मुख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो ।

प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरुकेही व्यक्ति पनि प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *