सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, के-के छन् एजेन्डा ?

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । साधारणसभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १२ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *