विराटनगर । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएका ब युवा पनि मृत फेला परेका छन् । विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।
उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।
प्रहरीले सिवशंकर उनका प्रेमी रहेकाले हत्या उनैले गरेको हुनसक्ने र प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।
Artha Sanjal






