एनएमबि बैंकका ग्राहकलाइ सुनवलको रेवर्न होटल एन्ड पार्टी प्यालेसमा १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल परासी रोड स्थित होटल रेवर्न एन्ड पार्टी प्यालेस बीच एक सम्झौता भएको छ । सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र रेवर्न होटल एन्ड पार्टी प्यालेसका प्रबन्ध निर्देशक कोपिला देवी वश्यालले हस्ताक्षर गरेकी थिइन् ।

बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र होटलको तर्फबाट संचालक दुर्गा प्रसाद वस्यालले उक्त हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिने होटल व्यवस्थापक सुमन वस्यालले जानकारी दिए ।

सम्झौताले एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले विस्वास व्यक्त गरे। उनका अनुसार छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *