क्यानडाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं।  क्यानडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजेबाट सुरु हुने खेलमा नेपाल सिरिज क्लिन स्विपको लक्ष्यसहित मैदान उत्रिँदै छ।

नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकाल्न सफल भएको थियो । सिरिज कब्जा गरिसकेको नेपालले आज पनि जित निकाले सिरिज नै क्लिन स्विप गर्नेछ। नेपालबाट हेमन्त धामीले डेब्यु गरेका छन्।

क्यानडाआज सान्त्वना जितको खोजीमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *