युनाइटेड इदी मर्दीको लाभांश घोषणा,बुक क्लोज कहिले ?

काठमाडौं ।  युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले फागुन १७ बिहिबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *