बीवाईडीको नयाँ शाखा ललितपुरमा सञ्चालन

काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बीवाईडी ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले सञ्चालनमा ल्याएको नयाँ शोरूमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच गरेका छन् ।

बीवाईडीको विस्तार गर्ने रणनीतिमा नयाँ शाखा एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास कम्पनीले गरेको छ ।

सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *