काठमाडौं । अछामको ढकारी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एम्बुलेन्स उपलब्ध गराउने भएका छन् । महानगरले असोज ४ गते ३५ वटा एम्वुलेन्स वितरण गर्नका लागि देशभरका ईच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो।
सोहि सूचनाका आधारमा ढकारी गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवरण उपलब्ध गराई महानगरसँग एम्बुलेन्स माग गरेकाले महानगरले ढकारी गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने भएको जनाएको छ।
मंसिर १५ गतेको निर्णय अनुसार महानगरपालिकाले ढकारी गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्न राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमको प्रक्रिया अपनाउँदै ऐम्बुलेन्स दिन महानगरले पत्राचार गरेको हो।
सोहि निर्देशिकाको ख बर्गको एम्बुलेन्स प्राप्त गर्न सोहि निर्देशिकाको दफा ५ अनुसार सम्पुणर् प्रक्रिया पुरा गरि जिल्ला, प्रदेश र राष्ट्रिय ऐम्बुलेन्स व्यवस्थापन समितिबाट ऐम्बुलेन्स सञ्चालन अनुमति लिनुपर्ने महानगरको पत्रमा उल्लेख गरिएको छ।
त्यस्तै सो निर्देशिकाको दफा १३ बमोजिम ऐम्बुलेन्स लिन सबै प्रक्रिया पुरा राजस्व छुट पत्र प्राप्त भएपछि माघ मासान्तसम्म महानगरले ऐम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।






