बाढी-पहिरोमा मृत्यु भएकाका परिवारलाई २ लाख

अबिरल वर्षाको आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सरकारले कम्तीमा दुई लाखका दरले आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको र त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरिएको बताइएको छ ।

आजै बसेको विपद् व्यवस्थापन समिति बैठकले सरमेत घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *