सेयर बजारको ओरालो यात्रामा निरन्तरता, कारोबार रकम १ अर्बमा सीमित

बुधबार नेप्से परिसूचक १७.९३ अंकले घटेको छ। यस दिन नेप्से ०.९४ प्रतिशतले घटेर १८७६.६० बिन्दुमा बन्द भएको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रूपैयाँमा सीमित भएको छ।

यस दिन २८५ वटा धितोपत्रको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच भएको हो। विजय लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६५७ रूपैयाँ पुगेको छ।

यस्तै, कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ३.६३ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ७ रूपैयाँ ७० पैसा पुगेको छ । सेयर मूल्य सर्वाधिक घट्नेमा बुद्धभूमी नेपाल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५५ रूपैयाँ ४० पैसामा झरेको छ।

यस्तै, अभियान लघुवित्तको सेयर मूल्य ७.०३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३५ रूपैयाँमा सीमित भएको छ। सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता २९५ रूपैयाँ ५० पैसामा ६ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ९% एनआइसी एशिया डिवेञ्चर २०८१÷८२ रहेको छ। उक्त डिवेञ्चरको प्रतिकित्ता एक हजार ४ रूपैयाँ ७० पैसामा ५ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.१३ प्रतिशतले घटेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *