कामना सेवा विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरुमाथि छलफल गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि बैंकले गरेको छ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *