यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै छापावाला सुन प्रतितोला  लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन  १ लाख १५ हजार ३५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला  १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन  १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *