इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौं । सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । गत साता हमासको आक्रमणपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो ।

तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् भारतीय नागरिकहरुसँगै १९ नेपाली नागरिकको पनि उद्धार गरेर ल्याइएको हो ।

दिल्ला आइपुगेपछि नेपालीहरुलाई त्यहाँ रहेको नेपाली दूतावासमार्फत् गौरीफन्टा नाका हुँदै कैलाली ल्याउने तयारी छ । उनीहरु मंगलबार बेलुका दिल्ली पुग्नेछन् भने बुधबार कैलाली आइपुग्नेछन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार उद्धार गरिएकाहरुमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा,दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *