एनएमबि बैंकद्वारा पुतलीसडक शाखामा ई-पेमेन्ट हबको उद्घाटन

काठमाडौं । एनएमबि बैंकको पुतलीसडक शाखामा एक समारोहका बीच एनएमबि ई- पेमेन्ट हबको उद्घाटन गरिएको छ ।

यस हबको प्रयोग गरी ग्राहकहरुले भिसाशुल्क भुक्तानी, विदेशस्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने छन् ।

एनएमबि ई- पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।

द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । कम्पनीले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *