सिंहदरबार अगाडि शान्ति समाजको प्रर्दशन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको छ । शुक्रबार विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउ, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रर्दशन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पिडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरि नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, पिडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, महंगीले ढाड भाच्यो, नागरिकलाई राहत खोइ?, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानविन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानविन किन नगरेको?, सुन काण्डका नाइकेलाई कारबाही खोइ? लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *