साविकको प्रभु र महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक (सूचीसहित)

काठमाडौं । साविकको प्रभु तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुका लागि बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त बोनसदर सार्वजनिक गरेको हो । साविकको महालक्ष्मी लाइफले न्युनतम ३२ देखि ५२ रुपैयाँ प्रतिहजारसम्म बोनस घोषणा गरेको छ भने प्रभुले २० देखि ७० रुपैयाँ प्रतिहजारसम्म बोनस दिने घोषणा गरेको छ ।

साबिक प्रभु लाइफका विभिन्न ९ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ९ वर्षदेखि अधिकतममा २५ वर्ष माथि रहेको छ ।

यसैगरी साबिक महालक्ष्मी लाइफका विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ । जसमा बीमालेखको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतममा ३० वर्षसम्मको रहेको छ ।

प्रभु र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९को बोनस दर

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *