म्याद गुज्रिएको सामान बेच्ने किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । चाडपर्व नजिकिएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागको अनुगमन टोलीले बुधबार उपभोग्य मिति सकिएको चामल बिक्री गरेको आरोपमा एक किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागबाट खटिएको अनुगमन टोलीले बुधबार काभ्रेको पनौती स्थित एक पसललाई ठूलो जरिवाना गरेको हो । उक्त किराना पसलले म्याद सकिएको करिब ४० बोरा चामल बिक्रीका लागि भण्डारण गरी राखेको थियो ।

जरिवाना गरेर नष्ट गरिएको चामलको मूल्य ६७ हजार रुपैयाँ बराबरको भएको विभागले जनाएको छ । बुधबार विभागले बजारमा ३३ वटा अनुगमन गर्दा १० वटा फर्मलाई नगदै जरिवाना गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *