अप्पर लोहोरे हाइड्रोको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ आज अर्थात साउन २९ गते बाँडफाँट हुने भएको छ । कम्पनीको साउन १८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज सोमबार साँझ ५ बजे बत्तीसपुतलिमा बाँडफाँट हुने भएको हो ।

आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ५१ करोड ५६ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ । १३ लाख ४५ हजार ४१८ जनाले १ करोड ५१ लाख ५६ हजार ४४० कित्ताको लागि आवेदन दिएका हुन् ।

आईपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ जनाले १०।१० कित्ताका दरले सेयर पाउनेछन् । साथै, सोहि मध्यका ९ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँट भइसकेको छ । कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *