काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्म कोषको खुद नाफा ३६.७४ प्रतिशतले बढेर ९० करोड ७८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कोषले ६६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कोषको ब्याज आम्दानी १२.५१ प्रतिशतले बढेर ४० करोड ४९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ब्याज आम्दानी ३५ करोड ९९ लाख रुपैयाँमा सीमित थियो ।
कोषको व्यवस्थापन खर्च बढेर ५१ करोड २३ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष व्यवस्थापन खर्च ५० करोड ७१ लाख रुपैयाँ थियो ।
सेयरपुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको कोषको सेयर जगेडा कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.०८ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २०.३० रुपैयाँ थियो । लगानीमा प्रतिफल (आरओई) ८.८७ प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ । कोषको प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ।







