काठमाण्डौ । कुमारी बैंकले करिब २ लाख ४० हजार बढी कित्ता सेयर बिक्री गर्ने भएको छ।
बैंकले संस्थापक समूहको २ लाख ४० हजार १०१ कित्ता सेयर बिक्री गर्ने भएको हो। जसमा वसन्तकुमार चौधरीको २ लाख २३ हजार २७१ कित्ता र राजुबहादुर श्रेष्ठको १६ हजार ८३० कित्ता सेयर रहेको छ।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटल र काठमाण्डौको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्री खुला गर्ने बैंकले जनाएको छ।
Artha Sanjal






