कृषि विकास बैंकद्वारा अंग दान कार्यक्रमलाई सहयोग

काठमाडौं । कृषि विकास बैंकले मानव अंग सचेतना कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रामहरि जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित रामहरी जोशी पाँचौँ स्मृति दिवस तथा मानव अंग सचेतना कार्यक्रमलाई सहयोग गरेको हो ।

कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठान तथा संस्कृति बोर्डका पूर्व उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नूतम थपलिया. डा. राम दयाल राकेश, कमल ढकाल र डा. प्रदेज सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले स्व. रामहरी जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रायोजक क्रोशी बैंकको तर्फबाट सञ्चालक विनोद कुमार गुरागाई र उप-प्रबन्धक प्रताव सुवेदी उपस्थित थिए । बैंकका तर्फबाट उपस्थित उनीहरुले यस प्रकारको सामाजिक कार्यका लागि बैंकबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल अर्गान डोनेसन फाउन्डेसनले मानव अंग दान सचेतना समेत सञ्चालन गरेको थियो ।

 

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *