काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंककाे गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० को विन्दुमा ओर्लेको छ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.१४ अंकले घटेर ४१८.७८ को विन्दुमा झरेको छ। ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ।आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीका २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा कारोबार भएका छन्।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २५ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
ग्लोबल आइएमई बैंक, प्रभु बैंक, शिवम सिमेन्ट, कुमारी बैंक, नबिल बैंक, सोल्टी होटेल, नेपाल टेलिकम, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ।






