इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि क्यानले १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

क्यानले सार्वजनिक गरेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

प्रतियोगिता १३ जुलाई देखि सुरु हुनेछ । प्रतियोगिताको समूह बीमा नेपालसँगै, युएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ छन् । त्यस्तै समूह एमा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *