मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि जित निकालेको छ ।
मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो ।
पहिलो जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । जवाफी व्याटिङमा उत्रेको थाइल्याण्ड १३ ओभर २ बलमा अलआउट भयो । उसले ४४ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ५, अशोक धामीले ४ रन खर्चेर ३ र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिएका थिए ।यसअघि पहिले ब्याटिङ गरेको नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।
त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २र२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १र१ विकेट लिए ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया र थाइल्यन्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन् ।







