साना किसान र आरएमडीसी लघुवित्तको असार २४ गतेबाट एकीकृत कारोबार सुरु

काठमाडौं । साना किसान र आरएमडीसी लघुवित्तको मर्जरपछि असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते स्वीकृत पत्र दिएको हो ।

अब असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ । दुवै वित्तीय संस्थाको हरहिसाब र तथ्याङ्कलाई एकल बैंकिङ् सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २२ गते शुक्रबार देखि असार २४ गते आइतबार सम्मको लागि दुवै वित्तीय संस्थाको कारोबार सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *