नेपाल सरकारका १८ उपसचिवको सरुवा, को- कहाँ ?

काठमाडौं । नेपाल सरकारका १८ जना उपसचिवहरूको सरुवा गरिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवको सरुवा गरेको हाे ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ ।

मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाउँदै आएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *