नक्कली शरणार्थी प्रकरणको मुद्दा भोलि अदालतमा दर्ता गरिने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा भोलि (बुधबार) अदालतमा दर्ता गरिने भएको छ ।

सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले सोमबार अभियोजनको काम नसकिएकाले मंगलबार उक्त काम सकिने जानकारी दिए । काम नसकिएकोले भोलिमात्रै मुद्दा काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन कार्यालयलाई बुझाएको थियो । चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान सोमबार मात्रै टुंगिएको हो । यस्तै हिरासतमा रहेका १६ जनालाई एक दिनको म्याद थप गराउनुपर्ने भएको उनले बताए । उनीहरूलाई आजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्ने पनि तयारी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *