सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्।

बैंकका ग्राहकहरुले काठमाण्डौको नक्सालस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउनेछन्। यसैगरी काठमाण्डौको नक्साल (भगवती मार्ग)मा रहेको वी कयेर हेल्थ सेन्टर का सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस्तै काठमाण्डौको भद्रकालीस्थित फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन् भने धरान उपमहानगरपालिका–१० स्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *