टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्गले ग्राहकको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ ।

उक्त सोरुमको सिप्रदी ट्रेडिङ्गका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्र संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरुलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।

साथै, उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *