सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले आइतवार एक सूचना जारी गर्दै शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर कम्पनीेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको जनाएको छ। प्राधिकरणद्वारा जारी विज्ञप्तिमा सिम्रिक एयरका अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ।

शुक्रबार माथिल्लो अरुणको सामान पुर्याएर फर्किदा सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा हेलिकप्टरमा सवार स्थानीय भविन गुरुङको मृत्यु भएको थियो। घाइते क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङको उपचार भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *