अध्यक्ष केपी ओलीविरुद्ध गृह मन्त्रालयमा उजुरी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दै गृह मन्त्रालयमा उजुरी परेकाे छ । शरणार्थी प्रकरणको मुख्य योजनाकार ओली रहेको स्वयं ओलीले नै प्रष्ट पारेको भन्दै तत्काल सबैलाई पक्राउ गरी अनुसन्धान गर्न गृहमा अधिवक्ता युवराज पाैडेल सफलले उजुरी हालेका हुन् ।

‘उहाँले पत्रकारहरुसँगको कुराकानीमा भुटानी शरणार्थीलाई अमेरिका लैजाने बारेमा अमेरिकी सरकारसँग कुराकानी गरेको र सोही योजना बमोजिम उक्त व्यक्तिहरुलाई अमेरिका लैजाने प्रक्रिया सुरु भएको कुरा स्वीकार गर्नुभएको थियो’, निवेदकको दाबी छ, ‘अत यस अपराधको मुख्य योजनाकार एवं संरक्षक खड्गप्रसा –केपी) ओली रहेको देखिन्छ ।’

यसैगरी एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्न माग पनि निवेदनमा गरिएकाे छ । ठगी गर्ने उक्त गिरोहमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी भइसकेको रायमाझीलाई तत्काल पक्राउ गर्न निवेदक पौडेलले माग गरेका छन् ।

‘विगत केही दिनअघि ८७५ जना नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी गिरोहले प्रत्येक व्यक्तिसँग न्यूनतम १० लाखदेखि ५० लाखसम्म नेपाली रुपैयाँ असुल गरी संगठीत अपराध एवं मानव तस्करीसम्बन्धी कसुर गरेको आरोपमा उच्च तहका व्यक्तिहरुसमेत पक्राउ परेका कुरा अवगत नै छ ।

बहालवाला सचिवदेखि उच्च राजनीतिक नेतृत्व समेतको सो प्रकरणमा संलग्नता देखिएकोले निजहरुलाई कानुनी कारबाही गर्न आवश्यक देखिन्छ’, विज्ञप्तिमा निवेदक पौौडेलले भनेका छन्, ‘संगठीत अपराध एवं मानव तस्करी कसुरमा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न नेपाल समाजवादी मोर्चाको तर्फबाट जोड्दार माग गर्दछु ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *