ढाकाबाट काठमाडौंका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको जहाज भारतको पटनामा आकस्मिक अवतरण गराइएको छ। ढाकाबाट ७७ जना यात्रु बोकेर उडेको जहाज पटनाको प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो।

फ्लाइट–बीबीसी ३७१ जहाज प्राविधिक समस्या आएको भन्दै पाइलटले आकस्मिक अवतरणको अनुमति मागेका थिए। विमानस्थलले अनुमति दिएपछि अवतरण गराइएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ७७ जना यात्रु सबै सुरक्षित रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *