नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






