साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.४६ अंकले घटेर ३६१.०९ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७३ करोड ९६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कुल १३ उपसमुहमध्ये बैंकिङ र होटल एण्ड टुरिजम सेक्टरमा मात्र हरियाली छाएको छ । बाँकी ११ वटा सूचकमा रातो पोतिएको छ।
आज कारोबार भएका कम्पनीमध्ये ६५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
Artha Sanjal






