हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न बोर्डको अनुमति

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न वैशाख १२ गते अनुमति प्रदान गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद सेयर बिक्रीपछि चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *