कुमारी बैंकले साढे २९ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्दै

कुमारी बैंकले संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले साबिक एनसीसी बैंकका संस्थापक समूहको जम्मा २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ११९ रुपैयाँ तोकिएको छ। त्यसैले, सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरमा भोलि वैशाख १५ गतेदेखि जेठ २ गतेसम्म प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने आह्वान गर्नुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *