डीजी पेमा आवद्ध व्यवसायीले सामाजिक संजालको लागि सुपथ मूल्यमा भिडियो बनाउन पाउने

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले टिक टक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तोसामाजिक संजालका लागी सुपथ मूल्यमा भिडियो बनाउन पाउने भएका छन्। साथै अन्य ब्यापारिक विज्ञापन बनाउदा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। नेपालको एक राम्रो अडियो भिडिओ प्रोडकसन्कम्पनीसँग सहकार्य गरि
फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।

“ आज भोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडिओ बनाएर सामाजिक संजालमा पोस्ट गरि जानकारी दिने र मुनाफा गर्ने चलन बडेको छ । येस्तो स्थितिमा बिनव क्रीएसन जस्तोकम्पनीसंग मिलेर डीजी पे संग आबद्दित व्यवसायीहरुको लागी उत्कृस्ट भिडिओ सस्तो र सुलभ दाममा, निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,” पाण्डेले भने, “डिजी पेमा आवद्ध हँुदा पाउने प्याकेज सुविधा साथै अन्य सेवाहरुमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं।”

बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशीले डीजी पेसँग नौलोसहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सामाजिक संजालमा विज्ञापन सस्तो हुने भएकाले साना व्यवसायीले अरु विज्ञापनको तुलनामा सहजै गर्न सक्नेछन । यस योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब उत्कृस्ट भिडियो बिज्ञापन मार्फत जनमानसमा पुर्याएर लाभ लिन सक्ने बताए ।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *