लक्ष्मी लघुवित्तको सीईओमा सुन्दरप्रसाद श्रेष्ठ

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले संस्थाको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनले वैशाख १८ गतेदेखि आगामी ४ वर्षका लागि नेतृत्व सम्हाल्नेछन् ।

हाल श्रेष्ठ संस्थाको नायब महाप्रबन्धकका रुपमा कार्यरत छन् । हाल संस्थाको सीईओ प्रकाशराज शर्मा रहेका छन्। उनको कार्यकाल यही वैशाख १७ गतेबाट समाप्त हुँदैछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *