आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काको साक्षीविरुद्ध पक्राउ पुर्जी जारी

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा साक्षीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतले सोमबार सरकारी साक्षी निमा तासी शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बकपत्रका लागि अदालत उपस्थित नभएपछि पक्राउ पुर्जी जारी भएको हो । ‘निमा तासी शेर्पा सरकारी साक्षी हुन् । पटक–पटक वादी पक्षका साक्षीलाई बकपत्रका लागि अदालतबाट आदेश भएको थियो । तर, उहाँ नआएपछि पक्राउ पुर्जी जारी भएको हो,’ विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले भने । अभियोजन पक्षले सरकारी साक्षीका रूपमा उनको बयान लिए पनि अदालतमा बकपत्र गर्न नआएपछि पक्राउ पुर्जी जारी भएको हो ।

विशेष अदालत ऐनको दफा ७ मा उक्त अदालतको अधिकार उल्लेख भएकोमा म्यादमा हाजिर नहुने प्रतिवादी वा साक्षीलाई वारेन्ट जारी गरी बयान वा बकपत्र गराउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बयानका लागि पक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो ।

खड्का भने अदालतमा उपस्थित हुँदा दुई करोड ५० लाख धरौटीमा छुटेका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस ०७५ मा १८ करोड ६६ लाख रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नयापत्रिकामा समाचार छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *