नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै

आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित नेपाल एयरलाइन्सले तीन वटा जहाज किन्ने भएको छ ।

जहाज खरीदको प्रयोजनका लागि निगम व्यवस्थापनले एक उपसमिति गठन गरी अध्ययन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन निगम सञ्चालक समितिमा पेश गरेको थियो । त्यसपछि सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरी जहाज खरीद प्रक्रिया सुरु गरेको निगमले जनाएको छ।

निगमले दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरिद गर्ने गरी उपसमितिले काम थालेको हो । निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने जनाएको छ।

जहाज निर्माता कम्पनीबाट सिधैँ खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी दुई वटा मात्र जहाज उपलब्ध छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *