घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद निष्काशनको विशेष प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार वार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमाडौंमा बिहान १०:३० बजेदेखि सुरु हुने छ ।
सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
कम्पनीले ६३ मेगावाटको छुलुङ्ग खोला जलबिद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्तापुँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।







