प्रभु बैंकको ६ लाख ७७ हजार बढी कित्ता सेयर बिक्रीमा

प्रभु बैंकले ६ लाख ७७ हजार बढी कित्ता सेयर संस्थापक सेयर बिक्रेमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (चैत २४ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *