प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।

संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *