यस्तो छ सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)

गठबन्धन सरकारले आफ्नो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आज (बिहीबार) आयोजित एक कार्यक्रममार्फत सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबीच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन् ।

संविधानको रक्षा/परिमार्जन र विकास, संघीयताको सुदृढीकरण र कार्यान्वयन, अर्थतन्त्र रुपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधार, समाजमा विद्यमान वर्गीय, जानीय, क्षेत्रीय, लिङ्गीय सबै विभेदहरुको अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्नेलगायतका विषय सरकारका प्राथमकितामा समेटिएका छन् ।

यस्तै गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार, भ्रष्टाचारको छानबिन गरी कडा कारबाही, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरुको कार्यान्वयन गर्ने विषय पनि संयुक्त सरकारकाे प्राथमिकतामा परेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *