लुम्बिनी बिकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ललितपुर जिल्ला, महालक्ष्मी न.पा. वार्ड नं. ०९, लामाटार मा अवस्थित श्री सिद्धिबिनायक कृषि बहुउद्देशीय सहकारी संस्थालाई ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदाताहरु लाई प्रोत्साहन स्वरुप ६५ थान बैंकको लोगो तथा रक्तदानको लोगो अंकित टि सर्ट रक्तदाता तथा स्वयं, सेवकहरुलाई हस्तान्तरण गरेको हो ।

सो रक्तदान कार्यक्रममा ५० जना भन्दा बढि सहभागीहरुले रक्तदान गरेका थिए । साथै, बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्ला, नरेफाँट, जडिबुटीमा अवस्थित मनोहरा बिद्यानगर सेवा समाज अन्तर्गत सञ्चालित “जेष्ठ नागरिक दिवा मिलन केन्द्र” लाई पिउने पानी प्रयोजनको लागि १ थान वाटर डिस्पेन्सर र विभिन्न कार्यक्रम सञ्चालनार्थ १ थान साउण्ड सिस्टम सहयोग गरेको छ ।

सो सहयोग लुम्बिनी बिकास बैंक लिमिटेड, नरेफाँट शाखाका शाखा प्रबन्धक सुधिर कुमार कार्कीले मनोहरा बिद्यानगर सेवा समाजका अध्यक्ष रामशरण बोहोरालाई हस्तान्तरण गरेका हुन् ।

देशका ७ वटै प्रदेशमा गरी ८९ स्थानमा शाखा सञ्चालन तथा १९ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *