भुक्तानि नदिएको झोकमा ठेकेदारले गरे पुल बन्द

सोरु गाउँपालिकाले सम्झौताअनुसार अन्तिम किस्ताको रकम ५० लाख नदिएको भन्दै जलप रवि चक्र जेभीले मंगलबारदेखि तारापानी सिप जोड्ने मुगु कर्णाली नदीको पुल बन्द गरेको छ । बेलिब्रिज बन्द गरेपछि सवारीसाधन रोकिएका छन् ।

बेलिब्रिज निर्माण पूरा भएको एक बर्षसम्म पनि गाउँपालिकाले अन्तिम किस्ता रकम भुक्तानि नदिएपछि पुल बन्द गर्नु पर्ने अवस्था आएको कम्पनीका सन्चालक बखतबहादुर मल्लले बताए । कूल सम्झौता रकम तीन करोड ३७ लाखमध्ये दुई करोड ८७ लाख मात्र गाउँपालिकाले भुक्तानी गरेको र ५० लाख रुपैयाँ एक बर्षसम्म नदिएको उनको भनाइ छ ।

पुल बन्द भएपछि गमगढी आउनजान र ढुवानी गर्न बाधा भएको छ । २०७६ सालमा कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माण सम्झौत गरी २०७७ मा काम सम्पन्न गरेको थियो ।

आउँदो हिउँदे अधिवेशनमा गाउँपालिकाले रकम छुटयाएर कम्पनीलाई भुक्तानि दिने जनाएको थियो । तर कम्पनीले तत्कालै रकम माग गर्दै आएको थियो । रकम भुक्तानि नभएसम्म पुल नखोल्ने कम्पनीको चेतावनी छ । यसैबीच मुगुमा कार्मारोड जोड्ने लुम्स बेलिब्रिजको पनि अन्तिम रकम १० लाख नपाएको कम्पनीको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *