मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर चैत ७ गते बाँडफाँट गरेको हो ।

कम्पनीले १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धी निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्काशन गरेको थियो ।

उक्त शेयर बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ र सिडिएसले संचालक गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *