कालिञ्चोक दर्शनको सेयर कारोबार खुल्यो

धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर कारोबार आज (बिहीबार)बाट खुलेको छ।

स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा २३४.४५ रुपैयाँ तोकेको थियो । स्पेसल प्रिओपसन सेसनमा कालिञ्चोक दर्शनको प्रतिकित्ता १३४.४० रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेमा कालिञ्चोक दर्शनको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४८ लाख कित्ता, स्थानीयको १ लाख २० हजार कित्ता र सर्वसाधारणको १० लाख ८० हजार कित्ता छन्।

नेप्सेले कालिञ्चोक दर्शनलाई ‘केडीएल’ कारोबार संकेत प्रदान गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *